क्यालिफोर्निया जंगली आगो: मृतक संख्या बढ्द Moonlight of Nepal जंगली आगो शुरु भएको ६ दिन पुग्दा कम्तीमा चालीसको मृत्यु भएको र सयौं हराइरहेको अधिकारीहरुले बताएका छन्। क्यालिफोर्नियाका गभर्नरले "यो राज्यले बेहोरिरहेको ठूलो दुखान्तमध्ये एक हो" भनेका छन्। स्यान्टा रोजा शहरको वाइन उत्पादन क्षेत्र पनि नराम्ररी प्रभावित क्षेत्रमा पर्छ जहाँबाट शनिबार ३,००० मानिसहरुलाई अन्यत्र लगिएको थियो। उक्त शहर भ्रमणक्रममा गभर्नर जेरी ब्राउनले भने, "अविश्वसनीय विनाश भएको छ।" प्रयत्न "यस्तो त्रासदी होला भन्ने कसैले कल्पना गरेका थिएनन् होला।" दश हजार भन्दा बढी अग्नी नियन्त्रकहरुले बाँकी १६ वटा स्थलमा आगो निभाउने प्रयत्न गरिरहेका छन्। सत्तरी किलोमिटर प्रतिघण्टा गतिमा चलिरहेको हावाले आगो फैलिन झन मद्दत पुर्याएको छ। इतिहासमै यो राज्यमा यति घातक आगलागी भएको यो पहिलोपटक भएको बताइएको छ। एक लाख भन्दा बढी मानिसहरु विस्थापित भएका छन् र ठूलो छरछिमेक खरानीमा परिणत भएको छ। ठूलो घाटा ठूलो आगलागीले ५० माइल टाढा रहेको स्यान फ्र्यान्सिस्को शहरसम्म धुवाँ प...