सेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर सार्वजनिक Moonlight सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ। सेयरमा लगानी गर्न चाहने नागरिकलाई सम्बन्धित कम्पनीका बारेमा सत्यतथ्य जानकारी दिने लक्ष्यका साथ उक्त सफ्टवेयर विकास गरिएको हो। एस्ट्रिक टेक्नोलोजीले निर्माण गरेको उक्त सफ्टवेयरले सेयरमा लगानी गर्न चाहनेलाई कम्पनीको आर्थिक अवस्था, बजार मूल्य, नाफा घाटा तथा सम्बन्धित कम्पनीको सम्पूर्ण विवरण लगानीकर्तालाई जानकारी दिनेछ। उक्त सफ्टवेरमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत सबै कम्पनीको विगत पाँच वर्ष यताको सबै तथ्यांक राखिएको छ। सफ्टवेयर प्रयोगकर्ताले आफूले चाहेबमोजिमको तथ्यांक उक्त सफ्टवेयरबाट लिनसक्ने एस्ट्रिक टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठले जानकारी दिए। तर उक्त सफ्टवेयर भने लगानीकर्ताले तीन हजार ५ सय रूपैयाँमा खरिद गर्नुपर्ने हुन्छ। उक्त सफ्टवेयरको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो। अर्थमन्त्री कार्कीले डेटा एनालिटिक्स सफ्टवेयरले सेयर बजा...