मुख्यसचिवमा लोकदर्शन रेग्मी नियुक्त हुँदै सरकारले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गर्ने भएको छ। आज बस्ने मन्त्रिपरिषद् बैठकले बरिष्ठताका आधारमा रेग्मीलाई मुख्यसचिव नियुक्त गर्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले सेतोपाटीलाई जानकारी दियो। मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री भोलि कात्तिक ७ गते अवकाश पाउँदै छन्। मुख्यसचिव दौडको रेग्मीका साथै ङइन्द्रप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारी पनि थिए। गृह मन्त्रालय अाउनुअघि रेग्मी अर्थ सचिव थिए।
Posts
Showing posts with the label goverment