General knowledge
# बिश्वयुद्ध_सम्बन्धी_जानकारी # प्रथम_बिश्वयुद्ध :- • यस युद्धमा एकातिर जर्मनी, अष्ट्रिया र टर्की थिए भने अर्कोतर्फ इङ्गल्याण्ड, फ्रान्स, इटाली, संयुक्त राज्य अमे रिका, जापान आदि थिए । • जर्मनी र तत्सम्बद्ध राष्ट्रहरु नराम्रो सँग पराजित भए भने जर्मनीका सबै उपनिवेशहरुमा मित्र राष्ट्रहरुको कब्जा भयो । • यस्त युद्धमा युरोपका तीन साम्राज्य अष्ट्रिया, टर्की र रुस धराशायी भए । • सन १९१४ जुलाई २८ देखि प्रथम विश्वयुद्ध शुरु भई सन २०१८ नोभेम्बर ११ मा समाप्त भएको थियो । • प्रथम विश्वयुद्धमा ६ करोड ५० लाख सैनिकले युद्ध लडेका थिए । • प्रथम विश्वयुद्धमा ८५ लाख मानिस मरेका थिए । • प्रथम विश्वयुद्धमा २ करोड मानिस घाइते भएका थिए । • प्रथम विश्वयुद्धमा २ खर्व अमेरिकी डलर खर्च भएको थियो । • प्रथम विश्वयुद्धमा संयुक्त राज्य अमेरिका, रुस, इटाली, जापान, वेलायत, फ्रान्स, चीन लगायतका १२ वटा राष्ट्रहरु एक पक्षमा थिए । यसलाई मित्र राष्ट्र गुट (Allies Power / Intent Power) भनिन्थ्यो । • प्रथम विश्वयुद्धमा जर्मनी, अष्ट्रिया, हङ्गेरी, टर्की र बुल्गेरिया अर्को पक्षमा थिए । यसलाई केन्द्रीय शक्ति (Central Power) भ...