आधुनिक भूगोल विधाका संस्थापक कार्ल रिटर हुन भने वर्तमान मानव भूगोलका जनक Friedrich Ratzel हुन
भूगोल शव्दको प्रयोग गर्ने,पृथ्वीको प्रथम र बैज्ञानिक नक्सा निर्माण गर्ने,अधिक वर्षको अवधारण ल्याउने,पृथ्वीको परिधी पत्तालगाउने, सुर्य र पृथ्वी वीचको दुरी पत्ता लगाउने काम भुगोलका पिता इराटेस्थानिजले गरेका हुन
 क्षेत्रफलका हिसावले विश्वका ५ ठूला देश क्रमश रसिया,क्यानडा,अमेरिका,चिन र ब्राजिल हुन
 एसिया महादेश सबैभन्दा ठूलो र विषमताको महादेश जहा ४८ राष्ट,अफ्रिका महादेश अध्यारो महादेश जहा ५४ राष्ट,उत्तर अमेरिका महादेश नया संसार जहा २३ राष्ट,दक्षिण अमेरिकामा १२ राष्ट,युरोप महादेश प्रायदीपको प्रयादीप जहा ५० राष्ट,अस्टेलिया महादेश एक देश एक महादेश जहा १४ राष्ट छन
 एसियामा—सर्वाधिक होचो भाग मृत सागर,विश्वकै अग्लो पठार पामिर पठार,विश्वकै सबैभन्दा अग्लो स्थानको ताल तिलिचो ताल,विश्वकै सबैभन्दा गहिरो ताल बैकाल ताल,विश्वमा सबैभन्दा वढी टापु भएको देश इन्डोनेसिया,विश्वकै सवैभन्दा अग्लो पर्खाल The great wall of china र १२ भूपरिबेष्टत राष्ट पर्दछन
 अफ्रिकामा —भुमध्य रेखाले झण्डै वीचबाट काटेको,सवैभन्दा वढी भाषा बोलिने महादेश,विश्वको सर्वाधिक लामो नदी नाइल,सबैभन्दा ठूलो मरुभूमि सहारा,एटलास पर्वत,१६ भूपरिवेष्टत राष्ट पर्ने
 उत्तर अमेरिका— क्रीष्टोफर कोलम्बसले सन १४९२ मा पत्ता लगाएका,विश्बको सबैभन्दा ठूलो ताजा पानीको ताल सुपेरिएर ताल, एस्ट्रोडोम गुम्बज, पर्ने
 दक्षिण अमेरिका—विश्वकै सबैभन्दा दक्षिणमा पर्ने शहर पुन्टा एरिनास(चिली), सबैभन्दा लामो एन्डीज पर्वतमा,पाटागोनिया मरुभूमि पर्ने
 अन्टार्कटिका—सवैभन्दा पछि पत्ता लागेको महादेश,विश्वको ९० प्रतिशत हिउ यहि पाइने
 युरोप —मरुभूमि नभएको महादेश,स्क्यान्डेनेभियन क्षेत्र यहि पर्ने,१८ भूपरिबेष्टीत राष्ट पर्ने
अष्ट्रेलिया—जेम्स कुकले नामाकरण गरेका,पुरैभाग दक्षिण गोलाद्घमा रहेको,ऐवेल तस्मानले सन १६४२ मा पत्ता लगाएका,टापुको महादेश,कंगारुको महादेश नामले समेत चिनिने
 विश्वमा ५ वटा महासागर रहेका,सबैभन्दा ठूलो र गहिरो महासागर प्रशान्त हो भने दोस्रो गहिरो महासागर हिन्द महासागर हो
 दक्षिणी ध्रुव नर्वेका एमन्डसेनले सन १९११ मा र उत्तरी ध्रुव अमेरिकाका रर्वट पियरीले सन १९०९ मा पत्ता लगाएका हुन
 सवैभन्दा लामो अक्षांस रेखा भूमध्यरेखा हो,यो ० डिग्री अक्षांस रेखा हो
 १८० डिग्री देशान्तर रेखा अन्तराष्टिय तिथी रेखा हो
 सहारा मरुभूमि अफ्रिकामा,गोबी मरुभूमि मंगोलियामा,अटाकामा चिलीमा,काराकुम तुर्कमेनिस्तानमा,पाटागोनिया मरुभूमि अर्जेन्टीना र चिलीमा,थार भारत र पाकिस्तानमा,कालाहारी बोस्वानामा,भिक्टोरिया अष्टेलियमा पर्दछन
 सियुम वायु अरविय क्षेत्रमा,सिरेटो सहारा मरुभूमिमा,पम्पेरो दक्षिण अमेरिकामा,टाइफुन पश्चिम प्रशान्त क्षेत्रमा,विलीविली अष्टेलियमा वहने बायुका नाम हुन
 निप्पन जापानको,पर्सिया इरानको,गोल्डकोष्ट घानाको,बर्मा म्यानमाको,बाटामिया जाकार्ताको पुराना नाम हुन
भुकम्पको देश जापान,चट्याङको देश भूटान,हजारौ हात्तीको देश लाओस,युरोपको बिरामी टर्कि,नाइल नदीको ब

Comments

Popular posts from this blog

A CASE STUDY ON FINANCIAL ANALYSIS OF KUMARI BANK LIMITED

A STUDY ON FINANCIAL PERFORMANCE ANALYSIS OF MANGALA GAURI SAVING & CREDIT CO-OPERATIVE LTD. -BBS Report

A STUDY ON FINANCIAL POSITION ANALYSIS OF NEPAL INVESTMENT BANK LIMITED -Ruchi