नेइमारले बार्सिलोना छोड्नुको कारण क्लबको बोर्ड : रोनाल्डो



कात्तिक १८ – नेइमारले बार्सिलोना छोड्नुको कारण क्लबको बोर्ड रहेको ब्राजिल तथा बार्सिलोनाका पूर्व खेलाडी रोनाल्डोले बताएका छन् । नेइमार यहि सिजन विश्व कीर्तिमानी दुई सय २२ मिलियन युरोमा बार्सिलोनाबाट फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका हुन् । नेइमारले बार्सिलोना छोड्नुको कारण आफ्नो जस्तै रहेको रोनाल्डोले बताएका हुन् । 






















रोनाल्डोले बार्सिलोनमा एक सिजन खेलेका थिए । उनले सन् १९९७–९८ को सिजनमा इटालियन क्लब इन्टर मिलान जानु अघि बार्सिलोनाबाट ३७ खेलमा ३४ गोल गरेका थिए । 
राम्रो प्रदर्शनका बाबजुद रोनाल्डो बार्सिलोनमा खुशी हुन सकेनन् र इन्टर मिलान गए । आफू बार्सिलोनको बार्डले खेलाडीलाई श्रेणीगत गर्ने र त्यहि अनुसार व्यहार गरेका कारण छोडेको र नेइमार पनि त्यहि कारण पिएसजी गएको हुन सक्ने रोनाल्डोको भनाई छ ।
नेइमार पनि क्लबमा रहेको अनुक्रमका कारण निराश रहेको खबर आएका थिए । उनले त्यहि कारण उनले क्लब छोडेको र आफूले क्लब छोड्नुको कारण पनि यस्तै रहेको रोनाल्डोले बताएका हुन् ।
ujyalo

Comments

Popular posts from this blog

A CASE STUDY ON FINANCIAL ANALYSIS OF KUMARI BANK LIMITED

A STUDY ON FINANCIAL PERFORMANCE ANALYSIS OF MANGALA GAURI SAVING & CREDIT CO-OPERATIVE LTD. -BBS Report

A STUDY ON FINANCIAL POSITION ANALYSIS OF NEPAL INVESTMENT BANK LIMITED -Ruchi