मेस्सीले खुलाए रोनाल्डोको खराब प्रदर्शनको कारण
कात्तिक १८ – फिफा वर्ष खेलाडीको अवार्ड जितेका रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले यो सिजन स्पेनिस ला लिगामा गोलका हिसाबले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । ला लिगामा रोनाल्डोको खराब प्रदर्शनको कारण बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई जानकारी रहेको खबर आएको छ ।
च्याम्पियन्स लिगमा ६ गोल गर्नु बाहेक रोनाल्डोले ला लिगामा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । रोनाल्डोले स्पेनिस सुपल कप अन्तर्गत बार्सिलोनासँगको पहिलो लेग खेलको क्रममा लागेको प्रतिबन्धका कारण रोनाल्डोले यो सिजन ला लिगाका चार खेल गुमाएका थिए ।
रोनाल्डोले ला लिगामा पुनरागमन गरेको पहिलो खेलमा रियल मड्रिड रियल बेटिससँग १–० ले पराजित भएको थियो । यस्तै गएको हप्ता पनि रियल मड्रिड जिरोनासँग पराजित भयो भने च्याम्पियन्स लिग अन्तर्गतको खेलमा रियल मड्रिड यहि हप्ता टोटनह्यामसँग पराजित भयो । यसले रोनाल्डोमा दबाब बढेको छ ।
तर बार्सिलोनाले भने यो सिजन ला लिगामा उत्कृष्ट प्रदर्शन गरेको छ । यस क्रममा मेस्सीले १० खेलमा १२ गोल गरिसकेका छन् । डाएरिओ गोलका अनुसार अर्जेन्टाइनी मेस्सीलाई रोनाल्डोको खराब प्रदर्शनको कारण थाहा छ । रियलसँग नयाँ अनुबन्धन सम्झौता नहुनु रोनाल्डोको खराब प्रदर्शनको कारण रहेको मेस्सीले दाबी गरेको खबरमा उल्लेख छ ।
रोनाल्डो मेस्सीले बासिर्लोनामा पाए जतिकै पारिश्रमिक चाहेको तर अहिलेसम्म क्लब त्यसका लागि तयार नभएको दाबी गरेको छ । यस्तै रोनाल्डो आफ्नो सम्झौताको अन्त्यमा क्लब छोड्ने स्वतन्त्रता चाहन्छन् । मेस्सीलाई पछि पार्दै फिफा वर्ष खेलाडी अवार्ड जितेका रोनाल्डोले आइतबार हुने लास पालमससँग खेलमा ला लिगा गोल थप्ने अपेक्षा गरिएको छ ।
ujyalo

Comments
Post a Comment