General knowledge

#बिश्वयुद्ध_सम्बन्धी_जानकारी#प्रथम_बिश्वयुद्ध:-
• यस युद्धमा एकातिर जर्मनी, अष्ट्रिया र टर्की थिए भने अर्कोतर्फ इङ्गल्याण्ड, फ्रान्स, इटाली, संयुक्त राज्य अमेरिका, जापान आदि थिए ।
• जर्मनी र तत्सम्बद्ध राष्ट्रहरु नराम्रो सँग पराजित भए भने जर्मनीका सबै उपनिवेशहरुमा मित्र राष्ट्रहरुको कब्जा भयो ।
• यस्त युद्धमा युरोपका तीन साम्राज्य अष्ट्रिया, टर्की र रुस धराशायी भए ।
• सन १९१४ जुलाई २८ देखि प्रथम विश्वयुद्ध शुरु भई सन २०१८ नोभेम्बर ११ मा समाप्त भएको थियो ।
• प्रथम विश्वयुद्धमा ६ करोड ५० लाख सैनिकले युद्ध लडेका थिए ।
• प्रथम विश्वयुद्धमा ८५ लाख मानिस मरेका थिए ।
• प्रथम विश्वयुद्धमा २ करोड मानिस घाइते भएका थिए ।
• प्रथम विश्वयुद्धमा २ खर्व अमेरिकी डलर खर्च भएको थियो ।
• प्रथम विश्वयुद्धमा संयुक्त राज्य अमेरिका, रुस, इटाली, जापान, वेलायत, फ्रान्स, चीन लगायतका १२ वटा राष्ट्रहरु एक पक्षमा थिए । यसलाई मित्र राष्ट्र गुट (Allies Power / Intent Power) भनिन्थ्यो ।
• प्रथम विश्वयुद्धमा जर्मनी, अष्ट्रिया, हङ्गेरी, टर्की र बुल्गेरिया अर्को पक्षमा थिए । यसलाई केन्द्रीय शक्ति (Central Power) भनिन्थ्यो ।
• प्रथम विश्वयुद्धका कारणहरुमा उग्रराष्ट्रवाद, साम्राज्यवाद, सैनिकवाद, सशक्त विश्व संस्थाको अभाव प्रमुख कारण हुन ।
• जर्मनी र तत्सम्बद्ध राष्ट्रहरु नराम्रो सँग पराजित भए भने जर्मनीका सबै उपनिवेशहरुमा मित्र राष्ट्रहरुको कब्जा भयो ।• यस्त युद्धमा युरोपका तीन साम्राज्य अष्ट्रिया, टर्की र रुस धराशायी भए ।• सन १९१४ जुलाई २८ देखि प्रथम विश्वयुद्ध शुरु भई सन २०१८ नोभेम्बर ११ मा समाप्त भएको थियो ।• प्रथम विश्वयुद्धमा ६ करोड ५० लाख सैनिकले युद्ध लडेका थिए ।• प्रथम विश्वयुद्धमा ८५ लाख मानिस मरेका थिए ।• प्रथम विश्वयुद्धमा २ करोड मानिस घाइते भएका थिए ।• प्रथम विश्वयुद्धमा २ खर्व अमेरिकी डलर खर्च भएको थियो ।• प्रथम विश्वयुद्धमा संयुक्त राज्य अमेरिका, रुस, इटाली, जापान, वेलायत, फ्रान्स, चीन लगायतका १२ वटा राष्ट्रहरु एक पक्षमा थिए । यसलाई मित्र राष्ट्र गुट (Allies Power / Intent Power) भनिन्थ्यो ।• प्रथम विश्वयुद्धमा जर्मनी, अष्ट्रिया, हङ्गेरी, टर्की र बुल्गेरिया अर्को पक्षमा थिए । यसलाई केन्द्रीय शक्ति (Central Power) भनिन्थ्यो ।• प्रथम विश्वयुद्धका कारणहरुमा उग्रराष्ट्रवाद, साम्राज्यवाद, सैनिकवाद, सशक्त विश्व संस्थाको अभाव प्रमुख कारण हुन ।#प्रथम_विश्वयुद्धका_कारणहरु:-
• जर्मनीले फ्रान्सलाई एक्ल्याउन गरेका विभिन्न सन्धि सम्झौताहरु,
• युरोपमा आएको उग्र राष्ट्रवादको लहर,
• साम्राज्यवादको प्रभाव,
• युरोपमा बढेको सैनिकवाद,
• युद्धको खतरालाई रोक्ने प्रभावकारी संस्थाको कमी,
• तात्कालिन विविध घटानाहरु, आदि ।
#प्रथम_विश्वयुद्धका_परिणामहरू:-
• विशाल धनजनको विनास,
• निरंकुश राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना,
• अधिनायकवादको उदय,
• सामाजिक क्षेत्रमा परिवर्तन,
• बैज्ञानिक प्रगति,
• संयुक्त राज्य अमेरिका विश्व शक्तिको रुपमा उदय,
• द्वीतीय विश्वयुद्धको बीजारोपण, आदि ।
#प्रथम_विश्वयुद्धका_केहि_तथ्यहरु ( कारण तथा असर)
• सन १८७० मा जर्मनीका चान्सलर बिस्मार्कले फ्रान्सलाई हराएका थिए ।
• सन १८७० मा बिस्मार्कले जर्मनीको एकीकरण गरेका थिए ।
• सन १८७५ मा जर्मनी र अष्ट्रिया बीच गोप्य सन्धी गरिएको थियो ।
• सन १८८२ मा जर्मनी र अष्ट्रियाको गुटबाट इटाली अलग भयो ।
• सन १८९० मा बिस्मार्क जर्मनीको चान्सलर पदबाट हटेका थिए ।
• सन १८९३ मा रुस र फ्रान्स बीच सन्धी भएको थियो ।
• सन १९०२ मा वेलायतको जापानसँग सन्धी भएको थियो ।
• सन १९०४ मा वेलायतको फ्रान्ससँग सन्धी भएको थियो ।
• सन १९०७ मा वेलायतको रुससँग सन्धी भएको थियो ।
• सन १९९७ पछि युरोपमा दुई गुट भए ।
• सन १९०७ पछि युरोपमा बनेको त्रीगुट भनेको जर्मनी र अष्ट्रिया-हंगेरीको गुट हो ।
• सन १९०७ पछि युरोपमा बनेका मित्रराष्ट्रिय सम्झौता गुट भनेकामा फ्रान्स, रुस र वेलायतको गुट हो ।
• सन १९११-१३मा बाल्कन प्रायद्वीपमा भएको युद्ध राष्ट्रियताको नाममा थियो ।
• सन १९१२-१३को बाल्कन प्रायद्वीपमा भएको युद्धले प्रथम विश्वयुद्ध हुन बल पुर्याएको थियो ।
• सन १९१२-१३ पछि तीब्र रुपले वेलायत, फ्रान्स, रुस, इटाली साम्राज्यवाद र उपनिवेशवादको विस्तार र संरक्षणमा अघि बढेका थिए ।
• प्रथम विश्वयुद्धको समयमा जर्मन सम्राट कैजर विलियम द्वितीय थिए ।
• जर्मन सम्राट कैजर विलियम द्वितीयले वेलायतसँग टक्कर लिन जलसेना र जंगली वेडाहरु तयार पारेका थिए ।
• जर्मन सम्राट कैजर विलियम द्वितीयले बर्लिन देखि बगदादसम्म रेलवे सम्बन्धी योजना बनाएका थिए ।
• वेलायत र जर्मनी बीचको दूरी बढ्नु नै वास्तवमा प्रथम विश्वयुद्धको कारण हो ।
• प्रथम विश्वयुद्धलाई प्रोत्साहित गर्ने तत्वहरुमा बोस्निया-हर्जगोभिनामाथि अष्ट्रियाको कब्जा पनि एक हो ।
• अष्ट्रियाका राजगद्दी उत्तराधिकारी राजकुमार आर्कड्युक फर्डिन्याण्ड र उनकी पत्नी सोफियालाई बोस्नियाको राजधानी सराजेभोमा सन १९१४ जुलाई २८ मा हत्या गरेपछि प्रथम विश्वयुद्धको शुरुवात भएको थियो ।
• प्रथम विश्वयुद्धले अष्ट्रिया, रुस, टर्की, जर्मनी, बुल्गेरिया आदि देशमा निरंकुश राजतन्त्रलाई समाप्त पारेको थियो ।
• प्रथम विश्वयुद्धकै परिणामस्वरूप सन १९२८ मा वेलायतमा महिलाले मतदानको अधिकार पाएका थिए ।
• प्रथम विश्वयुद्धकै परिणामस्वरूप रुसमा लेनिनको नेतृत्वमा साम्यवादी सरकार बनेको थियो ।
• प्रथम विश्वयुद्धकै परिणामस्वरूप जर्मनीमा एडोल्फ हिटलरको नाजीवादको उदय भएको थियो ।
• प्रथम विश्वयुद्धकै परिणामस्वरूप इटालीमा मुसोलिनीको अत्याचारी शासन आयो ।
• प्रथम विश्वयुद्धकै परिणामस्वरूप स्पेनमा जनरल फ्राङ्कोको सैनिक शासनको उदय भयो ।
• प्रथम विश्वयुद्धको परिणामस्वरूप राष्ट्रसंघ (League of Nation) को स्थापना सन १९२० जनवरी १० मा भएको थियो ।
#द्वितीय_विश्वयुद्ध:-
• यस्त युद्धमा एकातर्फ जर्मनी, इटाली र जापान थिए भने अर्कोतर्फ इङ्गल्याण्ड, रुस, फ्रान्स, संयुक्त राज्य अमेरिका आदि थिए ।
• जर्मनी, इटाली र जापानको दुर्दशापूर्ण पराजय भएको थियो ।
• सन १९३९ सेप्टेम्बर १ को बिहान ४:३० बजे जर्मनीले पोल्याण्डमा बमबर्षा गरेपछि द्वितीय विश्वयुद्धको शुरुवात भएको थियो ।
• दोस्रो विश्वयुद्धमा ११९२ खर्व डलरभन्दा बढी प्रत्यक्ष खर्च भएको थियो ।
• दोस्रो विश्वयुद्धमा करोडौं मानिस घरवारविहीन भएका थिए ।
• दोस्रो विश्वयुद्धमा करोडौं मानिस शरणार्थी बनेका थिए ।
• दोस्रो विश्वयुद्धमा १ करोड ४६ लाख भन्दा बढी सेना मारिएका थिए ।
• दोस्रो विश्वयुद्धमा १ करोड भन्दा बढी गैरसैनिक मारिएका थिए ।
• दोस्रो विश्वयुद्धमा ३ करोड ४० लाख भन्दा बढी सैनिक तथा गैरसैनिकहरू अपाङ्ग र घाइते भएका थिए ।
• संयुक्त राज्य अमेरिकाले ६ अगष्ट १९४५ मा हिरोसिमामा र ९ अगष्ट १९४५ मा नागासाकीमा क्रमशः लिटल ब्वाई र फ्याटम्यान नामक अणुबम प्रहार गर्यो ।
• सन १९४५ अगष्ट १४ तारिखमा जापानले आत्मसमर्पण गरेपछि सन १९४५ सेप्टेम्बर २ मा (६ बर्ष १ दिन सञ्चालित) द्वितीय विश्वयुद्धको विधिवत अन्त्य भएको थियो ।
• अमेरिका, वेलायत, फ्रान्स, रुमानिया, चेकोस्लोभाकिया र युगोस्लाभिया सम्मिलित गुटलाई मित्र राष्ट्रहरुको गुट (Allies Power) भनिन्थ्यो ।
• रोम-बर्लिन-टोकियो धुरी भनेको जर्मनी, इटाली र जापानको सैनिक गुट हो । यसलाई Axis Power भनिन्थ्यो ।
#द्वितीय_विश्वयुद्धका_कारणहरु:-
• पेरिस र भर्सेलिज सन्धीहरुको दुष्परिणामले द्वितीय विश्वयुद्ध हुनमा ठूलो भूमिका खेले ।
• सैनिक गुटबन्दी,
• राष्ट्रसंघको असफलता,
• सशस्त्रीकरणको होडबाजी बढ्दै जानु,
• विस्तारवादी महत्वाकांक्षा,
• वेलायतको तुष्टीकरणको नीति,
• पोल्याण्ड माथिको जर्मनीको आक्रमण ।
#दोस्रो_विश्वयुद्धको_परिणाम:-
• अपार धनजनको क्षति,
• राष्ट्रिय आन्दोलनको विकास,
• साम्यवादको प्रसार,
• सैनिक गुटबन्दी र शीतयुद्धको स्थिति सिर्जना,
• विश्व राजनीतिमा परिवर्तन,
• संयुक्त राष्ट्रसंघको स्थाप
ना र अन्तर्राष्ट्रिय सहयोगमा बृद्धि , आदि ।
#द्वितीय_विश्वयुद्धका_केहि_तथ्यहरु (कारण तथा परिणाम)
• द्वितीय विश्वयुद्ध हुने कारणमा पेरिस र भर्सेलिजका असमान सन्धीलाई मान्न सकिन्छ ।
• सन १९३२ मा जेनेभामा राष्ट्रसंघीय नि:शस्त्रीकरण सम्मेलन भएको थियो ।
• द्वितीय विश्वयुद्धको मुख्य कारण सम्पूर्ण युरोपमा कब्जा गर्ने हिटलरको महत्वाकांक्षा थियो ।
• सन १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघ (UNO)को स्थापना भयो ।
• द्वितीय विश्वयुद्धको परिणामस्वरूप उपनिवेशवादी राष्ट्रहरु कमजोर भएका थिए ।
• द्वितीय विश्वयुद्धको परिणामस्वरूप उपनिवेशवादको अन्त्य भई स्वतन्त्र राज्यहरुको स्थापना भएका थिए।
• द्वितीय विश्वयुद्धको परिणामस्वरूप शीतयुद्ध देखा परेको थियो ।
• द्वितीय विश्वयुद्धको परिणामस्वरूप २ वटा सैनिक गुट बन्यो, एउटाको नेतृत्व अमेरिका र अर्को गुटको नेतृत्व रुसले गरेको थियो ।
• सन १९४९ मा एटलान्टिक सन्धी संगठन (NATO) स्थापना भएको थियो ।
• सन १९५५ मा रुसको नेतृत्वमा WARSOW Pact गठन भएको थियो ।
-------------------------धन्यवाद-----------------------

Comments

Popular posts from this blog

A CASE STUDY ON FINANCIAL ANALYSIS OF KUMARI BANK LIMITED

A STUDY ON FINANCIAL PERFORMANCE ANALYSIS OF MANGALA GAURI SAVING & CREDIT CO-OPERATIVE LTD. -BBS Report

A STUDY ON FINANCIAL POSITION ANALYSIS OF NEPAL INVESTMENT BANK LIMITED -Ruchi