· 

रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’  

                                                                               90.0 Network










comment
 नेपाली न्युजको भरपरेर हामी तर्क बितर्क नगरौ , मेरो विचारमा रोनाल्डो ले यस्तो त भने होला जस्तो लाग्दैन , मिडिया हरुले आपनो मिडिया चलाउन लाई त्यसैपनी सानो कुरालाई ठूलो बनायर हट न्युज बनाउछन। हामी फेरि त्यसैको लहलहैमा लागेर सत्तोसराप गर्छौ । तपाईं हामीलाई यस्ता कुरामा किन यति चासो ??? न रोनाल्डो ले खान दिन्छ न मेस्सी ले। कुनै पनि कुरामा आनाबस्यक क्रेजी हुनु राम्रो हुदैन। म यूरोपमा बस्छु , यहाँ हुने फुटबलका गतिविधि , खेलाडीका गतिविधि मिनेट मिनेटमा अपडेट भैरहन्छ। मैले पनि स्पोर्ट्स न्युज हेरि रहन्छु ईन्टरनेटमा ।रोनाल्डो यस्तो भन्यो भनेर कहि कतै देखेको छैन। म २२ बर्ष अगाडी देखी Real madrid को फ्यान हु। रोनाल्डो का साना साना न्युज पनि म खोतलेर हेर्ने गर्छु । रोनाल्डो मेस्सी फुटबल का super star हुन , उनिहरु यस्तो तल झरेर बोल्दैनन। यदि उनले बोलेकै हुन भनेपनी रोनाल्डो ले नचिनेर के भो त बिस्वका फुटबल प्रेमिले अहिले चिनेका छन डेम्बेले लाई। बार्सिलोना ले नेयमारको ठाउँमा दिवाला , एम्बापे , अनि कुटिन्हयो लाई ल्याउन खोजेको थियो तर उनिहरु नआयपछि अन्तिममा डेम्बेले लाई ल्यायको हो। डेम्बेले मार्को एसेन्सियो , दिवाला , एम्बापे को लेबलका त होइनन् , तैपनि राम्रै छन। Real madrid र Barcelona मा जस्तो तस्तो खेलाडी टिक्न गाह्रो हुन्छ । किनकी उनिहरु world का 2 top team हुन । अलिकति राम्रो देखाउन सकेन भने सधै extra मा राखिदिन्छ र बेची पनि हाल्छन ।खासै भन्ने हो भने डेम्बेले बार्सिलोना आउनु भन्दा पहिला नेयमार सुआरेज जस्तो चर्चित त थियनन तैपनी यूरोपियन फुटबलमा एकदम चासो राख्नेले चिन्थे। उनको उज्ज्वल भबिस्य को कामना गरौ। रोनाल्डो लाई गाली नगरौ। रोनाल्डो रोनाल्डो नै हुन, उनी एकदम ठुलो मेहनत ले यो स्थानमा आयका हुन। विश्व फुटबल जगतले रोनाल्डो र मेस्सी जस्ता प्रतिभावान खेलाडी पाउन अर्को सताब्दी कुर्नुपर्छ ।

Comments

Popular posts from this blog

A CASE STUDY ON FINANCIAL ANALYSIS OF KUMARI BANK LIMITED

A STUDY ON FINANCIAL PERFORMANCE ANALYSIS OF MANGALA GAURI SAVING & CREDIT CO-OPERATIVE LTD. -BBS Report

A STUDY ON FINANCIAL POSITION ANALYSIS OF NEPAL INVESTMENT BANK LIMITED -Ruchi