तिमी रोएको पल तिमीलाई, हसाउन नसकुला तर तिमी संगै म रोइदिन सक्छु। मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुला तर तिमी संगै म मरिदिन सक्छु। यति कुरा जाना तिमी - मैले भन्या मान तिमी- मलाई आफनै ठान तिमी , सुनको महल छैन होला, धनी म होइन होला, रहर पूरा गर्न नसकौला तर मायाले जीवन भरी दिन सक्छु । म त तिमी संगै नै..... काहं हुन्छ र धनको माया धनी, मनको माया पो हुन्छ मनकारी। मनको आँखा खोली मलाई माया गर, म राख्छु तिमीलाइ सधै खुशी पारी । झरी परेको पल तिमीलाई ,ओत लाउन नसकुला तर तिमीसंग म रुझिदिन सक्छु। मृत्युको कुनै पल तिमीलाई ,बचाउन नसकुला तर तिमी संग म मरिदिन सक्छु। काहं हुन्छ र सधै जित मात्र, हार पनि त सहनुपर्छ जिवनको हरेक पलहरुमा संग संगै रहनु पर्छ। तिमी हारेको पल तिमीलाई जिताउन नसकुला तर तिमी संगै म हारिदिन सक्छु। मृत्युको कुनै पल तिमीलाई, बचाउन नसकुला तर तिमी संगै म मरिदिन सक्छु। यति कुरा जाना तिमी - मैले भन्या मान तिमी- मलाई आफनै ठान तिमी , सुनको महल छैन होला, धनी म होइन होला, रहर पूरा गर्न नसकौला तर मायाले जीवन भरी दिन सक्छु । म त तिमी संगै नै

Comments

Popular posts from this blog

A CASE STUDY ON FINANCIAL ANALYSIS OF KUMARI BANK LIMITED

A STUDY ON FINANCIAL PERFORMANCE ANALYSIS OF MANGALA GAURI SAVING & CREDIT CO-OPERATIVE LTD. -BBS Report

A STUDY ON FINANCIAL POSITION ANALYSIS OF NEPAL INVESTMENT BANK LIMITED -Ruchi