उद्योगपति विनोद चौधरी एमाले छाडेर कांग्रेसमा


काठमाडौं, कात्तिक १३ – उद्योगपति विनोद चौधरीको नाम नेपाली कांग्रेसको समानुपातिक तर्फको बन्दसूचिमा समावेश भएको छ । चौधरी यसअघि २०६४ सालको संविधानसभा चुनावमा  नेकपा एमालेबाट समानुपातिकतर्फको सांसद हुनुहुन्थ्यो । 
एमालेभित्र माधव नेपाल निकट रहनुभएका उहाँ केपी ओली शक्तिमा आएसँगै छाँयामा पर्नुभएको थियो । एमाले नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीका प्रिय रहनुभएका चौधरीको कांग्रेस नेताहरुसँग पनि सुरु देखिनै निकट सम्बन्ध थियो । 
अहिले चौधरीलाई कांग्रेसमा ल्याउने महामन्त्री सशांक कोइरालाले विशेष पहल गर्नुभएको थियो । चौधरीले नेपालका विभिन्न उद्योगमा लगानी गर्नुभएको छ । चौधरीको नाम समानुपातिक सूचिमा  परेको कांग्रेसका एक शीर्ष नेताले  उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 
चौधरी विश्व प्रसिद्ध फोर्ब्स म्यागेजिनको अर्बपतिको सूचिमा पर्ने एक मात्र नेपाली हुनुहुन्छ ।फोर्ब्सले जनाए अनुसार अहिले उहाँको सम्पत्ति एक अर्ब ३० करोड अमेरिकी डलर रहेको छ । चौधरी समूहको विश्वका विभिन्न देशका होटेलमा लगानीसमेत रहेको छ । लोकप्रिय चाउचाउको वाइवाइको ब्रान्डलाई समेत विश्वका विभिन्न देशमा चौधरी समूहले विस्तार गरिसकेको छ । 
ujyalo

Comments

Popular posts from this blog

A CASE STUDY ON FINANCIAL ANALYSIS OF KUMARI BANK LIMITED

A STUDY ON FINANCIAL PERFORMANCE ANALYSIS OF MANGALA GAURI SAVING & CREDIT CO-OPERATIVE LTD. -BBS Report

A STUDY ON FINANCIAL POSITION ANALYSIS OF NEPAL INVESTMENT BANK LIMITED -Ruchi