नेपाल आइडलका विजेता बुद्ध लामालाई कार प्रदान
काठमाडौं: अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन)ले नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामालाई प्रथम पुरस्कार स्वरुप प्राप्त महिन्द्रा केयुभी वान ओओ (Mahindra KUV100) तथा नगद रु २० लाख रुपैयाँ प्रदान गरेको छ।
बुद्ध लामा र एपीवान एचडीबीच १५ लाख बराबरको एल्बमका लागि पनि सम्झौतामा हस्ताक्षर पनि भएको छ । त्यसैगरी नेपाल आइडल फष्ट रनरअप निशान भट्टराईलाई पनि पुरस्कार स्वरुप प्राप्त नगद रु १५ लाख र सेकेण्ड रनरअप प्रताप दासलाई नगद रु १० लाख प्रदान गरिएको छ।


source annapunna post
Comments
Post a Comment