Posts

Showing posts from March, 2018

मेरो हात माग्न कहिले आउँछौ आयुष्मान ?

Image
मेरो हात माग्न कहिले आउँछौ आयुष्मान ? सोमबार साँझ दरबारमार्गस्थित जिन्जाबार रेस्टुराँको एउटा टेबलमा अभिनेता तथा मोडल आयुष्मान देशराज जोशी एक्लै मोबाइल चलाएर बसिरहेका थिए । उनको हाउभाउ देख्दा लाग्थ्यो, उनी कसैको प्रतीक्षा गरिरहेका छन् । झन्डै १५ मिनेटपछि त्यहाँ लोकप्रिय अभिनेत्री प्रियंका कार्की झुल्किइन् । विगत एक वर्षदेखि प्रेमी–प्रेमिकाका रूपमा रहेका प्रियंका र आयुष्मानले भेट हुनासाथ एक–अर्कालाई अँगालो हाले अनि टेबलको एउटै साइडमा हात समाएर सँगै बसे । त्यसअघि नै वेटरले मेनु ल्याएकाले आयुष्मानले आफ्ना लागि मात्र होइन, प्रियंकाका लागि पनि खानेकुरा अर्डर गरिसकेका थिए । लामो समयपछि डिनरमा भेटिएका प्रियंका र आयुष्मानले त्यो साँझ करिब एक घण्टासँगै बिताएर आफ्नो प्रेमदेखि विवाहसम्मको योजना बनाए । उनीहरूको गतिविधिलाई साप्ताहिकका कृष्ण भट्टराईले नजिकबाट नियालिरहेका थिए । त्यसक्रममा प्रियंका र आयुष्मानबीच भएको रमाइलो कुराकानी : प्रियंका कार्की : हाइ...मैले एकछिन कुराएँ है, आई एम सो सरी । आयुष्मान देशराज जोशी : हैन, ठीकै छ । म पनि भर्खर–भर्खरै आएको हुँ । आऊ बस न । प्रियंका : बिहानैदे...